जोन अब्राहमसँगै एक्टीङ क्लास सिकेका अर्पण थापा

...

काठमाडौँ। बलिउड कलकार प्रियङ्का चोपडा,जोन अब्राहम सँगसँगै एक्टीङ क्लास सिकेका अर्पण थापा । ‘सिक सिटी’ नामक चलचित्रवाट फिल्ममा  डेब्यु गरेका अर्पणले भारतमा  गएर प्रियङ्का चोपडा, जोन अब्राहम सँगसँगै एक्टिङ क्लास लिएका हुन् । सुरुमा उनको सिडी- डिभिडी पसल थीयो ।

उनलाई सङ्गीतमा पनि रुचि तियो तर उनी गीतसङ्गीत भन्दापनी फिल्मतर्फ ढल्किए । ‘ब्याच न १६’ उनको दोस्रो चलचित्र हो । उनलाई खलनायकको चरित्रमा दर्शकले अत्यधिक मन पराएका छन् । उनको अभिनयको तारिफ पनि हुने गर्छ ।

अभिनयकै कारण चर्चामा रहने अर्पण थापा हरेक चलचित्रमा भिन्नाभिन्नै चरित्रमा देखिने गरेका छन् । फरक चरित्रमा उनले आफूलाई सजिलै रूपान्तरण गरेको पाइन्छ ।  उनले झन्डै तीन दर्जन चलचित्रमा काम गरेका छन् । अभीनेता सँगसँगै उनले फिल्म निर्देशनमा पनि हात हालीसकेका छन् । ‘मुखौटा’, ‘आधा लभ’, ‘सुनकेशरी’, ‘घर’ उनले निर्देशन गरेका चलचित्र हुन् । विवाहित अर्पणको १३ वर्षको छोरा पनि छन् ।