रियाशाको जन्मदिनमा बेगम नेपालीले खोले वास्तविकता

...

काठमाडौँ । कलाकार रियासा दाहालको जन्मदिनमा उनका सहकर्मी बेगम नेपालीले निकै भावुक स्ट्याटस लेख्दै  वास्तविकता खुलाएका छन्।टेलीसीरीयल ‘गाह्रो छ हो’ मा बेगम नेपाली  (भटभटे माइला) र रियाशा दाहालको (पुतली) पात्र निकै रुचाइएको थियो । तर केही समयअघि रियाशा सीरीयलबाट बाहिरिइन् । तर अझै पनि दर्शक स्रोताले कमेन्टमा रीयासा चाहियो भन्दै कमेन्ट गर्न छाडेका छैनन् । यसै विषयमा प्रस्ट बनाउँदै उनले मनमुटावले नभई घर व्यवहार र सन्तानको जिम्मेवारीले रीयासा बाहिरिएको बताएका छन् ।   उनको स्ट्याटस यस्तो छ।

हजुर लाई जन्मदिनको धेरै धेरै शुभकामना छ,
तपाईले आटेका चाहेका सबै ईक्षा र चाहना हरु पुरा होस 🙏
’मलाई जहिले एउटै प्रश्नले सताइरहेको हुन्छ । धेरै दर्शक र मिडिया हरुले जहाँ जान्छु पुतली लाई किन निकालेको ? किन छुटेको यही प्रस्नको उत्तर दिदा दिदा थाकिसकेको महसुस गरेको छु । बारम्बार सबै लाई उत्तर दिइरहनु भन्दा आज हजुरको जन्मदिनको अबसर पारेर म मेरो यहि फेसबुक मार्फत म मेरा प्यारा प्यारा भगवान रुपि दर्शक आफन्त इस्ट मित्र सम्पुर्ण लाई भन्न चाहन्छु । रियासा दाहाल र म लगभग ५ बर्ष सहकार्य गरेर सङ्गै काम गर्ने अबसर पाइम ५ बर्ष सम्म सहकार्य गर्दै म सङ्ग जोडिएर काम गर्नु भयो यो नै मेरो लागी अबिष्मरणिय क्षण थियो, उहाले मलाई दिएको साथ सपोट म मेरो अन्तिम सास जानू भन्दा अगाडि सम्म पनि बिर्सने छैन उहाले मलाई आफ्नो दाइको स्थानमा राख्नु भएको छ मैले बहिनिको स्थानमा राखेको छु भनिन्छ रगतको नाता भन्दा भाबनाको नाता गहिरो हुन्छ रे हाम्रो भाबनाको नाता छ । जब उहाँ बिबाह बन्धनमा बाधिनु भो त्यसपछि उहाले म सङ्ग सल्लाह गरेरै अब काम नगर्ने निर्णय गरेर छुट्टिनु भएको हो । तर मलाई विभिन्न मिडिया हरुले यहि कुरा लाई लिएर विभिन्न टाइटल राखेर बिबादमा ल्याउन खोज्नु भो र खोजी पनि रहनु भएको छ, तर यहाँ हरु लाई बास्तबिकता सबै थाहा छ कि रियासा दाहाल अहिले आमा बनिसक्नु भएको छ एउटा आमा लाई आफ्नो बच्चा हुर्काउन कति संघर्ष गर्नु पर्छ भनेर बुझ्नु पनि भएको छ, उहाँ अहिले म सङ्ग जोडियर मात्र होइन कलाकरितामा कतै पनि जोडियर काम गर्नु भएको छैन यो समस्या तपाई हरुले बुझ्दिनु हुनेछ, हिजो एउटा कार्यक्रममा एउटा मिडियाले म नाम लिन चाहिन उहाले भन्नू भो रियासा पुतली लाई किन निकालेको झगडा परेको हो जस्ता अनेकौ प्रस्न गर्नु भो हिजो मात्र होइन म जहाँ जान्छु त्यहाँ मिडिया हरुले घेरेर बारम्बार यहि प्रश्न गर्नु हुन्छ आज मैले मेरो फेसबुकमा लेखे भने सायद सबैले हेर्नू हुन्छ अनि म यो प्रश्नको उत्तर बाट मुक्त हुनेछु, कुरा यत्ती हो कि रियासा दाहाल (पुतली) र म बेगम नेपाली (भट्भटे) बीच कुनै पनि झगडा बिबाद भएको होइन र हुने पनि छैन हामी सल्लाह गरेरै सहकार्य बाट अलग भएका हौ कारण माथी खुलाइ सकेको छु, उहाँ हिजो छोरी मात्र हुनुहुन्थ्यो आज बुहारी सङ्गै आमा पनि हुनुभएको छ एउटा बुहारी आमा लाई आफ्नो परिवार लाई समय दिन परिवार लाई राम्रो बनाउन कति गाह्रो हुन्छ भनेर मैले आफुले भोग्न त सक्दिन तर मेरो आमा र श्रीमती बाट बुझेको छु देखेको छु उहाको ठाउँमा म भएको भए पनि आज यहि हुनेथियो हामीले एकार्काको यही समस्या बुझेर हामी सहकार्य बाट अलग भएका हौ हामी बीच कुनै पनि मन मुटाब भएको छैन रिस राग केही पनि छैन अहिले हामी सहकार्य नगरे पनि दाजु बहिनिको पबित्र नाता कहिले टुट्ने छैन आज मैले वास्तविक कुरा मेरो यहीँ फेसबुक मार्फत मेरा सम्पुर्ण भगवान रूपी दर्शक हरु र मिडिया हरु लाई जानकारी गराए र फेरि पनि प्रिय बहिनी रियासा दाहाल लाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु 🙏