काठमाडौँ। आज नेपाली सीनेक्षेत्रमा ह्यान्डस भिलेनको छवी बनाएका नायक अनुपवीक्रम शाहीको जन्मदिन । सन् १९८५ मा जन्मिएका उनी आजबाट ४० औ वर्षमा प्रवेश गरेका छन् ।
धेरैलाइ उनको उमेर विश्वास नलाग्न सक्छ किनकि उनी हर्दा ४० पुगे जस्ता देखिँदैनन् । भिलेन र हिरोको दोहोरो परिचय बनाउन सफल अनुपले ‘पुरानो बुलेट’, बिर बिक्रम, पासवर्ड, जायरा, हाउ फन्नी, लिलीबिली, लप्पन छप्पन, दुःखी आत्मा , पीताम्बर लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उमेरले ४० लागेका अनुप अझै अविवाहित छन् ।
आकर्षक शरीर, लोभलाग्दो उचाई र चकलेटी अनुहार भएका अनुपविक्रम शाही व्यस्त नायक बनेका छन् । अहिले उनको हातमा फिल्मको कमी छैन । आजमात्रै उनि निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेम कथामा आधारित फिल्म ‘सुम्निमा’ मा अनुवन्धित भएका छन् ।
Profile check of Anoop Bikram Shahi: Click Here







७ श्रावण २०८२, बुधबार १२:१२ 








