त्रिशला गुरुङ आक्रोशित, भन्छिन् मेरो मन दुखेको छ

...

काठमाडौँ। गायिका त्रिशला गुरुङले  पारिश्रमिक नपाएको कुरा सामाजिक संजालमार्फत बाहिर ल्याएकी छन् । टिभी रियालिटी शो ‘सिंगिङ स्टार नेपाल’ कार्यक्रम सुरु भएको ३ महिना बितिसक्दा पनि सम्झौतामा उल्लेख भएको रकमको आधा पनि भुक्तानी नपाएको उनले बताएकी छन् ।

कार्यक्रमका संयोजक प्रमोद भण्डारी सम्पर्कविहिन भएको पनि त्रिशलाले लेखेकी छन् । आफूहरू कामप्रति इमान्दार हुँदाहुँदै पनि यस्तो स्थिती हुँदा दुःख लागेको उनको गुनासो छ।

यो रियालिटी शो ‘प्राइम्स टाइम्स टेलिभिजन’मा प्रसारण हुँदै आएको छ । यो शोका अन्य जजमा त्रिशलासहित अर्जुन पोखरेल र सनुप पौडेल छन् । विशाल पोखरेल र नम्रता श्रेष्ठ होस्ट छन् । बुद्धिप्रसाद ढुंगाना, शिखर गौतम र नवराज चौलागाईं निर्माताको रुपमा छन् । उनले लेखेकी छन्…