काठमाडौँ। चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ को ३ मिनेट २० सेकेण्डको ट्रेलर हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको छ ।
लोभी पत्नीको दबाबमा चर्को ब्याजमा ऋण लिएपछि त्यसले उक्त परिवार र सम्बन्धमा ल्याउने उतारचढावको कथा यसमा छ ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललगायत देखिएका छन् । राज बहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय छ ।







७ श्रावण २०८२, बुधबार १८:२९ 








