जातकै कारण श्रीमतीलाई घर भित्राउन नपाएका अमृत सापकोटा

...

काठमाडौँ। अमृत सापकोटाले गायिका सुनीता बागदाससँग अन्तरजातीय विवाह गरेका हुन् । सुनीताले विवाहपछि गृहप्रवेश गर्न पाएकी छैनन् । जातकै कारण अमृत सापकोटाले  श्रीमतीलाई घर भित्राउन पाएका छैनन्।

यतीबेला सुनीता भन्छिन्, ‘बच्चाहरूले हजुरबुवा -हजुरमुवाको माया पाउन सकेनन् । चाडपर्वहरूमा घर जान पाइँदैन दुख लाग्छ ।’ अमृतले अन्तरजातीय विवाह गरेकै कारण गाउँ समाजबाट पनि धेरै बचन सुन्नुपरेको सुनीता बताउछिन् । एक समयका निकै चर्चित गायक हुन् अमृत सापकोटा । बालगायीका कमला घिमिरेलाई उनले नै गायन क्षेत्रमा ल्याएका हुन् । संगीत क्षेत्रमा नाम र दाम कमाईरहेको बेलामै केहीसमयअघी उनी नेपाल छाडेर अस्ट्रेलिया पलायन भएका छन् । र अब उनकी श्रीमती पनी २ छोराछोरीलाई नेपालमै छाडेर अस्ट्रेलिया जादैछन् ।

धादिङका गायक हुन् अमृत सापकोटा । उनले दर्शकस्रोताको मन जितेर धेरै अवार्ड तथा पुरस्कारहरु पनि पाएका छन् । ‘धनगढीको बसमा’ , ‘चिया छानेको’  लगायत उनको चर्चित गीत हो ।

sunita