खेम सेन्चुरीले गरे पार्श्व गायनमा डेब्यु 

...

काठमाडौँ।  लोकगायक खेम सेन्चुरीले  पार्श्व गायनमा डेब्यु गरेका छन् । उनले आगामी चलचित्र ‘कोशेढुङ्गा’ को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ मार्फत पार्श्व गायनमा प्रवेश गरेका छन् । यो गीत सार्वजनिक भइसकेको छ र दर्शकस्रोताले निकै मनपराएका छन् ।

तीजको माहोल आइरहँदा चलचित्र कोशेढुङ्गाले पनि तीज गीत सार्वजनिक गरेको हो । गीतमा नीति शाह, सुरक्षा पन्त र ऋचा शर्माको आकर्षक नृत्यले पनि सबैको ध्यान तानीरहेको छ ।

खेम सेन्चुरी यस्ता गायक तथा सर्जक हुन् जसले आवाज भरेका अधिकांस गीत हिट हुन्छन् । यसैबिच यो गीतले पनि रेकर्ड राख्ने अनुमान छ । लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल खेमले अब फिल्ममा पनि फड्को मारेका छन् ।