पछुताएका जितु नेपाल

...

काठमाडौँ। छक्कापन्जा टिमसँग छुटिएका जितु नेपालले  एक समय  आफू पछुताएको कुरा खुलाएका छन्।  जीतु नेपाल भन्छन्, ‘मेरो त्यो हतारको निर्णयले गर्दा पछि पछुताए । केटाकेटीपन देखााएछु जस्तो भान भयो । बिहानदेखि बेलुकासम्म सँगै खाने सँगै काम गर्ने साथीहरूसँग छुटीदा केही समय छटपटाहट भयो । तर बिस्तारै लयमा आए ।’

साथै उनी दीपकराज गिरीको प्रशंसा गर्दै भन्छन्, ‘आज म जे छु जस्तो छु यसको सबै श्रेय दीपकराज दाइलाई दिन चाहन्छु ।’ जीतु थप प्रस्ट्याउँदै भन्छन्, ‘अहिले हाम्रो मित्रता पहिले सरह नै छ । अब छक्कापञ्जाको अर्को सिरिजमा मेरो अभिनय  होला नहोला तर सुटीङमा जाने ,साथीभाइ भेट्ने पक्कै गर्नेछु । अब मेरो मनदुखाउ, दुस्मनी केही नै छैन ।’

जीतु नेपाल आफै पनि फिल्म बनाउने तयारीमा छन् ।