काठमाडौँ। केदार घिमिरे ‘माग्ने बुढा’ भन्छन् म त सहरको गरिब पो रहेछु । हिजोका दीनमा बिहान- बेलुका गुजारा चलाउन सडक- पेटीमा व्यापार गर्ने केदार घिमिरेको आज काठमाडौँमा घर छ, गाडी छ जग्गा -जमिन छ । उनी अहिले सम्पन्न छन् । यता कलकारितामा पनि उनले नाम -दाम दुबै कमाई सकेका छन् ।
सफल कलाकार बनिसकेपछि यतीबेला ‘माग्ने बुढा’ भन्छन्, ‘म पहिला गाउँको गरिब थिए, अहिले सहरको गरिब रहेछु’। मैले टन्न कमाए म सम्पन्न छु भन्ने लाग्थ्यो तर मेरो पुरानो दुई तल्लाको घर छेउमा अर्को नौ तल्लाको घर छ । करोडौँको सम्पत्ति भएका मानिसहरू मेरो छिमेकी हुनुहुन्छ । ती सम्पत्तिका अघि मेरो पुरानो घर, पुरानो मोलको गाडी केहि होईनरहेछ । म त सहरको गरिब पो रहेछु । उनी थप सुनाउँछन्, ‘यसकारण मान्छे कहिले पनि सन्तुष्ट नुहुने प्राणी रहेछ । जति कमाए पनि अभाव सधै हुने रहेछ ।’
केदार घिमिरे टेलिसिरियल हुदै उदाएका कलकार हुन् । ‘मेरी बास्सै’मा माग्ने बुढाको पात्र निभाएर दर्शकमाझ चिनिएका उनी आजसम्म सोही परिचयका कारण चर्चामा छन् । पछिल्लो समय उनलाई फिल्म सााईन गर्न भ्याई न भ्याई छ । उनलाई लिएर फिल्म बनाउन निर्माताहरुको होडबाजी छ ।







८ श्रावण २०८२, बिहीबार १७:५४ 








