काठमाडौँ। लोकप्रिय गायिका पूर्णकला बिसीले ५ हजार भन्दा बढी गीतमा आवाज भरेकी छन्। उनी यस गायन क्षेत्रमा लागेको झन्डै २ दशक भइसकेको छ । अत्यन्त मीठो आवाजकी धनी उनले आवाज भरेका ‘डाँडै बिसौनी’, ‘मायालुको सहरमा मेरो गाउमा घर छ’ , ‘हो भन निरमाया आउँछेउ आउँदैनौ’, ‘पिरती नलाऊँ माया’, ‘रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला’, ‘झमझम पानी परेको रात’, लगायत हुन् ।
नेपाल मात्रै नभएर विश्वका थुप्रै देशहरूमा पनि उनी पुगिसकेकी छन् । पछिल्लो समय उनले बुटिक पसलसमेत सञ्चालन गरेकी छन् । २०४५ सालमा बर्दियामा जन्मिएकी उनको सानैदेखि गीतसङ्गीतमा रुचि थियो । २०६५ सालमा काठमाडौँ पसेकी उनी आजसम्म निरन्तर गायनमा सक्रिय छिन् । गायन क्षेत्रमा उनले विभिन्न अवार्ड र पुरस्कार पाइसकेकी छन् । उनकी एक छोरी पनि छिन् ।
गायनमा लाग्नुभन्दा पहिला उनलाई एकसमय आर्मी या पुलिस मा भर्ती भएर देशको सेवा गर्ने रहर थियो तर उनी भन्छिन्, ‘हाइटले पनि अलिकति धोका दियो । गायिका नभएको भए मेहनत गरेरै भए पनि अहिले चट्ट लाहुरेनि हुन्थे होला ।’ बाहिर स्टेज र साङ्गीतिक मेला -महोत्सवमा भन्दा स्टुडियो मै भोकल हालिरहन भ्याइ न भ्याइ हुने पूर्णकला अहिलेसम्म पनि स्टुडियोमा बढी भोकल दिने गायिका मध्य पर्छिन् । उनले प्राय गरी सेन्टीमेन्टल गीतहरुमा आवाज भर्छिन् । र दर्शकस्रोता पनि उनका यस्तै गीतहरू सुन्न रुचाउँछन् ।








९ श्रावण २०८२, शुक्रबार १०:१३ 








