दुई सन्तानको आमा बनेपछि हिरोइन् बनेकी एलिजा गौतम

...

काठमाडौँ। अभिनेत्री एलीजा गौतमले १९ वर्षकै उमेरमा विवाह गरिन् । ११ कक्षामा अध्ययन गर्दै गर्दा नै उनले पत्रकार ऋषि धमलासँग विवाह गरेकी हुन्  ।  २० वर्षको उमेरमा नै उनले पहिलो सन्तान छोरी एरिकालाई जन्म दिइन् । त्यसको केही समयपछि उनले दोस्रो सन्तान छोरा एरिकलाई जन्म दिइन् । र दुई सन्तान हुर्काईसकेपछी उनले फिल्ममा डेब्यु गरिन् ।

aliza gautam

आफ्नै होम प्रडक्सनबाट बनेको चलचित्र ‘अनुराग’ मार्फत् उनले करियर थालनी गरिन् । पहिलो चलचित्र सोचे अनुरुप चलेन । तर पनि उनले हार मानिनन् त्यसपछि म्युजीक भिडियोमा जम्न थालिन् । चलचित्र सफल नभएपनी पनि उनले काम गरेका म्युजीक भिडियोहरू चर्चामा आउन थाले । बिस्तारै दर्शकको नजरमा पर्न थालिन् ।

aliza gautam

उनी प्राईम टाइम्स टेलिभिजनकी निर्देशक पनि हुन् । समाजसेवामा उत्तिकै सक्रिय छिन् । राजनीतिमा समेत होमिएकी उनी प्रायजसो चर्चामा आईनै रहन्छिन् । विवाह भएपछि करियर बन्दैन भन्नेहरूका लागी उनी एक गतिलो उदाहरण बनेकी छन् ।

दुई सन्तान, घरपरिवार, आफ्नो करियर ,श्रीमानको टेलिभिजनको जिम्मेवारी, समाजसेवा ,राजनीति, सबैलाई ब्यालेन्स गरेर अघि बढीरहेकी छन् ।

aliza gautam