‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक

...

काठमाडौँ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । मंसिर १२ गते रिलिज हुने चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् ।

आफ्नो बुवाको मृत्यु भएको सपना डराइ डराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ । बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । चलचित्रमा बेनिशा, अर्पण थापा, सृष्टिका अलवा महेश त्रिपाठी, आयुशमान देशराज जोशी, सुरक्षा इटानीको अभिनय छ ।