‘महाभुकम्प २०७२ गीति बृतचित्र’ उपराष्ट्र पति पुनद्धारा बिमोचन

...

माघ, काठमाडौं । गएको बि.स. २०७२ सालको बैशाख १२ गतेको महाभुकम्पको गिती बृतचित्र बिमोचन गरीएको छ । ओम बहादुर जिसीले लेखन तथा निर्माण गरेको बृतचित्र मंगलबार उपराष्ट्रपति नन्द बहादुर पुनले एक कार्यक्रमका बिच बिमोचन गरेका हुन् ।
Nanda bahadur pun bimochanउक्त गिती बृतचित्रको भिडियोलाई रेशम सापकोटाले निर्देशन गरेका हुन् । भिडियो ७२ मिनेटको रहेको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुनले नेपालमा गएको बिनाशकारी भुकम्पको यथार्थ घटना बिबरण बृतचित्रमा उठाईएको छ र मानिसलाई मनपर्ने संगीत दिएर यसरी बृतचित्रमा उतारेकोमा ओम बहादुर जिसीलाई बधाई दिएका थिए । साथै पुनले भुकम्प एक प्राकृतिक बिपत्ति भएकाले पनि सामना गर्नै पर्ने भएकाले अब कसरी नेपाललाई राम्रो र पहिलाको जस्तो बनाउने भन्नेबारे सबैले सोच्न आवश्यक भएको बताएका थिए।
om bahadur GCकार्यक्रममा बिशिष्ट अतिथि रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले पनि ओम बहादुरले निकालेको गीति बृतचित्रले मन छोएको बताए । साथै उनले सम्पुर्ण संगीतप्रेमीहरुको तर्फबाट बधाई दिएका थिए । साथै कार्यक्रममा कलाकार मनोज गजुरेल र युवापुस्ताका लोकप्रिय गायक हेमन्त शर्माले पनि गिती बृतचित्र र ओमबहादुर जिसीको प्रशंशा गरेका थिए ।
Manoj gajurel०७२ सालको बैशाख १२ गतेको भुकम्पले नेपालमा भएको जनधनको क्षतिबारे गितीमा उतारीएको लेखक ओम बहादुर जिसीले बताए । साथै यस गिती बृतचित्रको बिक्रीबाट उठेको सम्पुर्ण रकम धरहरा निर्माणमा लगानी गरीने ओम बहादुरले जानकारी दिए । कार्यक्रममा बृतचित्रमा अभिनय गरेका कलाकार तथा अन्य बिशिष्ट ब्यक्तिहरुको पनि उपस्थिती थियो ।
Hemanta Sharma

तस्बिरः सरोज सिम्खडा /आर्टिस्ट खबर