चलचित्र संघको ४२ औँ साधारण सभाबाट अध्यक्षमा प्रदिप कुमार उदय निर्वाचीत

...

माघ, हेटौंडा । नेपाल चलचित्र संघको ४२ औँ साधारण सभाबाट अध्यक्षमा प्रदिप कुमार उदय बिजयी भएका छन् । मंगलबार हेटौंडामा सम्पन्न निर्वाचन बाट उनी संस्थाको नेतृत्वमा पुगेका हुन्  ।
nepali film organizationकलाकार सरिता लामिछाने, पत्रकार शान्तिप्रिय र अधिवक्ता सूर्य कुमार विमलीको निर्वाचन समिति अनुसार उदयको नेतृत्वमा आएको यो नयाँ कार्यसमितिले आगामी तीन बर्ष सम्म चलचित्र संघलाई नेतृत्व गर्नेछ ।

अध्यक्षमा निर्वाचित भईसकेपछि उदयले चलचित्र क्षेत्रलाई पारदर्शि र ब्यवस्थित बनाउने अठोट गरे । निर्वाचनले १३ सदस्य चुनेको छ।

नेपाल चलचित्र संघका नयाँ कार्यसमितिहरुको नामावलीः 

अध्यक्ष : प्रदीप कुमार उदय

सदस्य : नरेन्द्र  महर्जन

सदस्य : विक्रम पराजुली

सदस्य : मिजास पोखरेल

सदस्य : कपिल द्धा

सदस्य : गोपाल काजी कायस्थ

सदस्य : मधुसुदन प्रधान

सदस्य :अर्जुन श्रेष्ठ

सदस्य : अशोक शर्मा

सदस्य : बिरेन्द्र नारायण श्रेष्ठ

सदस्य : ओम जैसी

सदस्य :नारायण आचार्य

सदस्य : राजिव शाह

सदस्य : मदनमान बज्राचार्य