काठमाडौँ। गायक पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक भएको छ । हिजो पुष्कल शर्माको आफनै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ। पूर्णकला बिसी र पुष्कल शर्माको आफ्नै आवाज रहेको यस गीतमा राम्रो भ्युज र सबै सकारात्मक प्रतिक्रियाहरू आईरहेका छन् ।
पुष्कल शर्माकै लय -शब्द रहेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् । गीतको म्युजीक भिडियोमा स्वयम् पुष्कल शर्मा ,सवि शर्मा ,अर्जुन सापकोटा, सारिका के सी, विक्रम बुढाथोकी फिचर्ड रहेका छन् ।गीतमा
रुँदै -रुँदै आए आमा घुमी सातै फेरो
स्वर्ग जस्तै छ है आमा यताको घर मेरो
सुख पनि छ मलाई शान्ति पनि छ मलाई
सबै कुरा सकिन भन्न आमालाई … जस्ता शब्द समेटिएको यस तीज गीतले मौलिकता झल्काएको छ ।







११ श्रावण २०८२, आईतवार १७:०५ 








