काठमाडौँ । ‘रियाल रिङ्गेट’को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ । गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढंगबाट झल्काएको छ ।
गीतमा गायक रामचन्द्र काफ्लेको स्वर तथा अमर न्यौपानेको शब्द छ । गीतमा सङ्गीत पनि गायक काफ्लेले नै दिएका हुन् । साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्ममा प्रमोद चौलागाई, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारको अभिनय छ ।
‘रियाल’ कतार र साउदी अरबको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको । यी दुई मुद्राको संयोजनले नेपालीहरुको श्रम गन्तव्य मुलुकलाई इंकित गर्छ । फिल्मले त्यहीँको वास्तविकतालाई चित्रण गर्ने जनाइएको छ ।







११ श्रावण २०८२, आईतवार १८:३७ 








