‘तिरिरी मुरली बज्यो वनैमा‘ गीतका गायक पन्नाकाजीको निधन

...

माघ, काठमाडौं । गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन भएको छ । ८५ वर्षका पन्नाकाजीको आज बिहान साढे ५ बजे ताहाचलस्थित उनकै निवासमै निधन भएको हो ।

panna kaji sakya died
एकसमय निकै चलेको गीत ‘तिरिरी मुरली बज्यो वनैमा‘ गाएपछि उनको चर्चा अझ बढी चुलिएको थियो । उक्त गीतमा शरदकुमार शाक्यको शब्द रहेको छ भने संगीत र स्वर पन्नाकाजीले दिएका थिए ।

पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य पनि गायन क्षेत्रमै सक्रिए छन् ।

वि. सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजीले अहिलेसम्म ३ शय भन्दा गीतहरुमा संगीत र स्वर दिएका थिए ।

पन्नाकाजी को हुन् तलको भिडियोबाट पनि जानकारी पाउनसक्नुहुनेछ ।