विवाह नजुरेको होइन, मैले नै नगरेको हो- कोमल वली

...

काठमाडौँ। गायिका कोमल वली भन्छिन्, ‘विवाह नजुरेको होइन मैले नै नगरेको हो । मैले सोचेजस्तो कल्पना गरेजस्तो सबै बुझेको साथ सपोर्ट दीने व्यक्ती नभेटेकै हो ।’ कोमल वली थप प्रस्ट बनाउँछिन् विवाह भएका व्यक्तिहरू पनि सबै खुसी कहाँ हुनुहुन्छ र ?  विवाह पछिको जिन्दगी भनेको कम्प्रमाईज हो ।

विगतमा उनको नाम विभिन्न व्यक्तिसँग नजोडिएका पनि होइनन् । यस विषयमा पनि उनी भन्छिन्, ‘जुन व्यक्तिसँग मन मिल्दैन, बिचार मिल्दैन, जिन्दगी कट्दैन जस्तो लाग्छ त्यसपछि छुटीने नै हो । दुश्मनी साधेर छुटीने होइन एक अलि साथीको रूपमा छुटीने र आफ्नो जीवन पुन सुरु गर्ने हो ।’

उनका गीतहरू प्रायः पतिसँग सम्बन्धित हुन्छन् । यही कारण  उनी बेलाबेला विवादित पनि हुन्छिन् । भनेजस्तो वर नपाएकै कारण अविवाहित भएको गुनासो उनका अहिलेसम्मका तीज गीतले पनि प्रस्ट्याउँछ । कहिले ’पोइल जान पाम’ त कहिले ’भेटिएन कोही’ भन्दै तीज गीतमा उनी मनको बह पोख्ने गर्थिन् । तर वास्तवमा उनको जीवनमा यस्तो रहेनछ । मनमा आट भएको गोजीमा गाँठ भएको भेटेर पनि मन नमिलेर विवाह नभएको आशय उनले व्यक्त गरेकी छन् ।