काठमाडौँ। चलचित्र ‘राम नाम सत्य’मा अहिलेका चर्चित कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीले अभिनय गर्ने भएका छन् । उनले यस चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
यो फिल्ममा यसअघि विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी अनुबन्धित भैसकेका छन् । एकजना अभिनेत्री फाइनल गरेपछि कलाकारको लाइनअप पुरा हुने जनाइएको छ ।
साउन २९ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माताको छ ।







१२ श्रावण २०८२, सोमबार १८:५५ 








