काठमाडौँ । ‘कमेडी दरबार’ टिमले अब चलचित्र निर्माण गर्ने भएको छ । निर्माण टिमले सोमबार ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी रहेका छन्। चलचित्रमा ‘कमेडी दरबार’ टिमका अन्य कलकारहरुको पनि अभिनय रहने बुझिएको छ।
चलचित्रको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईंले संयुक्त रूपमा गर्नेछन् । माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको रहेको छ ।







१३ श्रावण २०८२, मंगलवार ०९:५७ 








