काठमाडौँ। कमेडीयन भरतमणि पौडेल आर्मी बन्न चाहन्थे। बाल्यकालमा उनको घरको नजिकै आर्मी ब्यारेक थीयोे । आर्मीहरू बाटोमा लहरै हीडेको देख्दा उनी पनि आर्मीको जमात पछि -पछि दौडिने गर्थे । पछि बिस्तारै उमेर बढ्दै जाँदा उनले क्यारीकचेर गर्न थाले । त्यसपछि उनले रेडियोमा काम गर्ने कार्यक्रम सञ्चालन गर्ने अफर पाए ।
स्थानीय कार्यक्रमहरूमा सहभागी भएर आफ्नो प्रस्तुती दीन थाले । त्यसपछि उनले ताप्लेजुङमा काम गरिरहेको रेडियो तमोरले काठमाडौँमा शाखा बिस्तार गर्यो र यहि बिन्दुबाट भरतमणिको कलकारिता यात्रा तय भयो । अब उनलाई कलकार बन्नु थियो ।
रेडियो तमोरमा काम गर्दै गर्दा उनले कलकारहरू भेट्न थाले । यो क्षेत्र प्रति उनको रुचि झन् बढ्दै गयो र कमेडी च्याम्पियनमा भाग लिए । उनि विजेता बन्न सफल भए । यहीबाट उनी सबैको लोकप्रिय बने । अहिले व्यस्त कलाकार बनेका छन् ।देश- विदेशका कार्यक्रम, कमेडी -सो लगायतमा आफ्नो प्रस्तुती दिइरहेका छन् । साथै उनले व्यवसाय सुरु गदै चाबहिलमा एक क्याफे सञ्चालनमा ल्याएका छन् ।







१३ श्रावण २०८२, मंगलवार १०:१९ 








