आर्टिस्ट फस्टमा शर्मिला गुरुङः पहिलो कमाइ १५००, पहिलो बिदेश भ्रमण हङकङ

...

माघ, काठमाडौं । नेपाली लोकगीतको क्षेत्रमा अहिले सम्म १९ सय वटा गीतहरुमा स्वर दिइसकेकी छिन् लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले । बिशेष गरी गाउँघरमा घन्किने लोक दोहोरी गीतहरु गाउँने शर्मिलाको लोक गीतसंगीत क्षेत्रमा ठुलो योगदान रहेको पाइन्छ ।
Sharmila Gurung on Artist Firstस्याङ्जामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएकी शर्मिला गुरुङलाई आज हामी आर्टिस्ट फस्ट सेग्मेन्टमा लिएका छौं । शर्मिलाले भोगेका तिता मिठा पहिला कुराकानीहरु पढ्न र भिडियोमा हेर्न पनि सक्नुहुनेछ ।

तपाईको पहिलो घर ?
मेरो पहिलो घरको कुरा गर्दा स्याङ्जा जिल्ला एलादी गाबिस वडा न. ४ खाल्डे गाउँमा पर्दछ । र अहिले त गीतसंगीतले डोर्याएर काठमाडौं ल्याईपुर्याएको पनि १६ बर्ष भन्दा बढी पुग्यो ।

पहिलो स्कुल ?
पहिलो त एलादी मै रहेको स्कुलमा पढेँ त्यसपछि रत्ने मा.बि.मा पढियो ।

पहिलो साथी ?
साथीहरु त धेरै नै थिए । अब अलि बढीनै मिल्ने पहिलो साथी चाँही बिष्णुमाया काफ्ले लाई सम्झन चाहान्छु ।

पहिलो प्रेम कहिले र को सँग ?
हैन त्यो समयमा प्रेम भन्ने कुरा नै भएन । त्यता तिर ध्यान जाने र त्यसतो बाताबरण नै भएन । स्कुल समयमा स्कुल जाने पढ्ने आउने घरको काम गर्ने गरिन्थ्यो । प्रेम त भएन ।

पहिलो प्रेम प्रस्ताव कहिले आएको थियो ?
पहिलो प्रेम प्रस्तावको कुरा गर्दा गाउँमै हुँदा आएको हो । माध्यमिक बिद्यालय पढ्ने क्रममा आएको थियो । र यो क्षेत्रमा लागिसकेपछि प्रेम प्रस्ताव त आईहाल्छ । अहिले पनि प्रेम प्रस्ताव आउन त छाडेको छैन ।

पहिलो पटक टेलिभिजन हेरेको क्षण ?
त्यो समयमा टेलिभिजन भनेको एकदम कम हुन्थ्यो । मेरो गाउँमा मेरो ठुलो बुबाको घरमा थियो । त्यो पनि सादा टेलिभिजन त्यो बेलामा थियो । हामी राती राती उठेर महाभारत हेर्ने गथ्र्यो । जे होस् टिभि भन्ने बित्तिकै हेरीरहन मन लाग्थ्यो ।

पहिलो मोबाईल ?
मैले पहिलो पटक मोबाईल बोकेको भनेको नोकियाको सिम्पल सेट थियो । मैले पहिलो सिम निकालेपछि मोबाईल लिएको हो । अहिले प्रयो गरीरहेको पोष्टपेड सिम निकालेर मोबाइल लिएको हो । त्यतिखेर सिमलाई मात्र १० हजार डिपोजिट गरेर निकाल्नु पथ्र्यो । मोबाईल लाई चाँही त्यतिखेर ६ हजार जति परेको थियो होला ।

पहिलो पटक गायिका बन्छु भन्ने सोँच कसरी आयो ?
म धेरै सानो बाट गायिका बन्छु भन्ने सोचमा थिइँन । गाउँघरमा हुँदा सानो सानो पुजाआजको कार्यक्रमहरुमा अलि अलि गुनगुनाउँने त गरिन्थ्यो । रेडियोमा बिमाकुमारी दिदि, नारायण दाईको गीतहरु धेरै सुन्ने गर्थेँ । अनि मैले पनि यसरी नै गीत गाउँन पाए हुन्थ्यो नि भन्ने लाग्थ्यो । पछि बिस्तार अग्रह दाईहरु सँग भेट भयो । पुरुस्वतम न्यौपाने, राजेन्द्र लम्साल, गोपाल क्षितिज, सबिन गुरुङ दाईहरुलाई सम्झना चाहान्छु ।
Sharmila Gurung on artist first of artistkhabar

पहिलो गीत ?
पहिलो गीत मेरो आज भन्दा १० बर्ष अगाडि म्युजीक नेपालबाट बजारमा आएको निलो पछ्यौरी हो । मेरो अग्रज दाईहरुको एल्बममा स्वर दिएको गीत हो ।

पहिलो पटक काठमाडौं कहिले आउनु भयो ?
बि.स. २०५६ सालमा रेडियो नेपालमा भ्वाईस टेस्टको लागी आएको थिएँ त्यो नै मेरो पहिलो काठमाडौं भ्रमण थियो । त्यसपछि २०५७ बाट गीतसंगीतको यात्रा सुरु भएको हो ।

पहिलो कमाई कति र के बाट ?
पहिलो कमाईको कुरा गर्दा मैले पोखरामा अग्रह दाईहरुको दोहोरी साँझमा काम गरेको थिए । त्यहि काम बाट नै पहिलो पहिलो कमाई भएको हो । त्यो बेलामा पहिलो कमाइ रु. १५०० भएको थियो ।

पहिलो बिदेश भ्रमण ?
गीत गाउँनकै लागी म पहिलो पटक बिदेशको कार्यक्रमका लागी हङकङ गएको थिएँ । कृष्ण गुरुङ् दाईले लैजानु भएको थियो ।

गायिका शर्मिला गुरुङसँग आर्टिस्ट फस्टमा गरीएको कुराकानी तलको भिडियोमा पनि हेर्न सक्नुहुनेछ

प्रस्तुती गोपिकृष्ण /आर्टिस्ट खबर