‘मिस्टर नेपाल २०२५’ सुरु

...

काठमाडौँ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले  २००१ देखि नियमित आयोजना हुँदै आएको ‘मिस्टर नेपाल’ प्रतियोगिता सुरु भएको छ।  यो प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित प्रतियोगिता हो ।

आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताका लागि इटहरी, जनकपुर, हेटौँडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगन्ज काठमाडौँलगायत स्थानमा छनौट चरणको अडिसन सम्पन्न गरिसकेको छ । छनोट चरणमा सहभागी हुन चाहनेलाई अन्तिम अवसर स्वरूप डिजिटल अडिसन आगामी २ अगस्टमा स्वदेश र अन्तर्राष्ट्रिय अडिसन ३ अगस्टमा अमेरिकामा राखेको छ ।  डिजिटल अडिसनपछि छानिएका प्रतियोगी आयोजकले सार्वजनिक गर्दै अन्तिम चरणको प्रतियोगिताका लागि अगष्ट ४ देखि विभिन्न प्रशिक्षणमा सहभागी गराउनेछ ।

देशैभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको अन्तिम तयारी कक्षामा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षण हुनेछ । प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् ।