काठमाडौँ। चलचित्र ‘लाज शरणम्’ मा काम गरेपछि अभिनेता महेश क्रीपाठीलाई फिल्म प्रस्तावको ओइरो लाग्न थालेको छ। ‘लाज शरणम्’ चलचित्र मा काम गर्नुअघी उनले मुस्कीलले काम पाउँथे । तर ‘लाज शरणम्’ पश्चात् उनलाई फिल्मको अफर थेगीनसक्नु छ । ‘लाज शरणम्’ रिलिजपछि उनलाई ३० वटा फिल्मबाट अभिनयको प्रस्ताव आएको छ । त्यसमध्ये उनले ६ वटा फिल्ममा मात्र काम गर्ने निर्णय गरेका छन् ।
हालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘चार महिनामा मैले ३० वटा जति फिल्मको स्क्रिप्ट सुनेँ होला । त्यसमध्ये ६ वटा फिल्ममा काम गर्ने सहमति भएको छ । महेश ‘लाज शरणम्’बाट आफूले नसोचेको प्रशंसा पाएको बताउँछन् । उनी भन्छन्, ‘मलाई यसबाट त अभूतपूर्व नै प्रशंसा मिल्यो । सामाजिक सञ्जालमा धेरै म्यासेजहरू आए । कतिले फोन गरेर र स्ट्याटस लेखेर पनि कामको प्रशंसा गर्नुभयो । त्यसले मलाई अझ ऊर्जा मिलेको छ ।’ ‘लाज शरणम्’मा गरेको अभिनयका कारण उनलाई दर्शकहरूले ‘परफेक्ट स्टार’को ट्याग समेत दिएका छन् ।
२०४५ सालमा पोखरा सहर नजिकै कास्कीकोटमा जन्मिएका महेश टेलिभिजनमा मान्छे कसरी देखिन्छन्, सिनेमामा मान्छे कसरी आउँछन् भन्ने सोच्थे । हरेक शनिवार नेपाल टेलिभिजनमा दिउँसो फिल्म हेर्थे। २०६५ सालमा उनले टेलिशृंखला ’जीवनचक्र’ र ’आफन्त’ मा अभिनय गर्ने मौका पाए। त्यसपछि उनले अभिनय सिके । र अभिनय पढ्दै गर्दा नै नोभेम्बर रेन चलचित्र मा काम गर्ने अवसर पाए । यसैगरी उन हल्कारा, चपली हाइट लगायतका चलचित्र मा काम पाए । थुप्रै चलचित्र मा काम गरीसक्दा पनी दर्शकको नजरमा पर्न सकेका थिएनन् तर लाज शरणम् मार्फत उनी सर्वप्रिय -लोकप्रिय बने ।







१५ श्रावण २०८२, बिहीबार ०९:५० 








