सलमानलाई अर्को तनाब, किन हाले निर्माताले सलमान बिरुद्ध २ अर्ब ५० करोडको मुद्दा

...

salman khan in tention

असार, मुम्बई । बलिउड स्टार सलमान खान पछिल्लो समय तनाब खेपिरहेका छन् । सलमानलाई हिट एण्ड रन केस र ब्लैक बक सिकारको झमेला पछि फेरि २ अर्ब ५० करोडको मानहानीको आरोप लागेको छ । ‘बिर’ फिल्मका निर्माता बिजय गलानीले उनी बिरुद्ध मुद्धा हालेका हुन् ।

 

किन हाले निर्माता गलानीले सलमान बिरुद्ध मुद्धा ?
भारतीय मिडियाहरुले जनाए अनुसार गलानीलाई सलमानले धेरै तनाब दिएको कारण सलमान बिरुद्ध उजुरी गर्न बाध्य भएका हुन् । गनालीले आफुलाई सलमानले मानसिक तनाव दिएको र आफ्नो इज्जतमा धावा बोलेको भन्दै मानहानी मुद्दा दायर गरेको बताईएको छ ।

फिल्म ‘वीर’को शुटिङमा भनिएको थियो कि यदि फिल्मले नाफा गरेमा सलमान खानलाई १५ करोड रुपैया दिने तर प्रदर्शन पश्चात फिल्मले नाफा कमाउन नसकेपछि उनलाई १५ करोड दिइएन । तर सलमान आफुले पैसा नपाएको भन्दै फेडेरेशन अफ वेष्टर्न इण्डिया सिने एसोसिएशन र सिने एण्ड टिभी आर्टिष्ट एसोसिएसन पनि पुगे । ति कुनै पनि संघ संस्थाले सलमानको पक्षमा सुनुवाई गरेनन् ।

यसरी बेला बेलामा सलमानले तनाब दिन थालेपछि गिलानी अदालत पुगेका हुन् । अहिले अदालतले समेत गिलानीलाई साथ दिएको छ ।