बोक्सी प्रथा बिरुद्को आवाज बोकेको ‘अग्निदहन’ डबिङमा

...

माघ, काठमाडौं । बोक्सी प्रथा बिरुद्को आवाज उठाउनका लागि संस्थागत रुपमा अगाडी बढेको संस्था मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानु नेपाल ले बोक्सी प्रथा उन्मुलनको कथाबस्तु लिएर चलचित्र ‘अग्नि दहन’को निर्माण गरेको छ ।

agni dahan movie of nepalकोबिद शरण उपाध्यायको परिकल्पनामा निर्माण भएको यो चलचित्रलाई नेपाल चलचित्र बिकास बोर्डले बिशेष सामाजिक चलचित्रको रुपमा चलचित्र निर्माणको अनुमति दिएको थियो । उक्त संस्थाका संरक्षक भुवेनेश्वर शर्मा पौडेल र मोहन राज पौड्यालको सहयोगमा निर्माण भएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

agni dahan nepali movie
बोक्सी कु प्रथा अन्त्यको महा अभियानका लागि राष्ट्रिय जागरणको अभियान लिएर निर्माण भएको यो चलचित्र पुर्ण रुपमा तयार भईसके पछि सरकारले एक पटन हेरेर बिशेष चलचित्रको मान्यता दिने आश्वासन दिएको कोबिद उपाध्यायले बताएका छन् ।

नितान्त गैर नाफामुलक तथा सामाजिक चलचित्र भनिएको यस चलचित्रको मुनाफाबाट बोक्सी आरोपमा जघन्य अपराधको शिकार बनेका व्यक्तिको परिवार तथा बालबालिकाको शैक्षिक तथा गासँ बासको व्यवस्था तथा कानुनी उपचारमा खर्चिने संस्थाका अध्यक्ष कोबिद शरण उपाध्यायले बताएका छन् ।

यो चलचित्रको यतिबेला डबिड। कार्य कार्य भईरहेको छ । ‘अग्निदहन’को अन्र्तराष्ट्रियकरण गर्नका लागि परराष्ट्र मन्त्रालयले सहयोग गर्ने भएको छ भने नेपाल सरकारले बोक्सी प्रथा उन्मुलन तथा सो चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएको छ ।