काठमाडौँ। ‘सक्कीगोनी’ बाट चर्चामा आएका प्रीयना आचार्य (मुन्नी) भन्छिन्, ‘म सफल भन्दापनी खुसी छु। सफल हुने बाटोमा छु । कलकारिता यात्रा राम्रो भइरहेको छ ।’ बाल कलकारबाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी उनले सानै उमेरमा ‘नाइँ न भन्नु ल’ , ‘निगरानी’, ‘मनमनै मनपराए’ लगायतका फिल्ममा काम गर्ने अवसर पाइन् ।
चितवनमा जन्मे हुर्केकी (मुन्नी) ११ वर्षको उमेरमा युके गएकी थिइन् र आफ्नो अध्ययन पुरा गरेर उनी १८ वर्षको उमेरमा उनी नेपाल फर्किएर पुन: कलकारितामा लागिन् । ‘सक्कीगोनी’ ले उनलाई निकै चर्चित बनायो । धेरै म्युजीक भिडियोमा समेत काम गरीसकेकी उनले पछिल्लो समय धमाधम फिल्म सााईन गरीरहेकी छिन् ।
निकै सुन्दरी प्रियना अहिले लोकप्रिय कलकार बनिसकेकी छिन् । उनले ७- ८ वर्षकै उमेरमा थिएटर जोईन गरेर २ -४ वटा नाटकमा काम गरेकी थिइन् । यही नाटकले नै उनलाई बाल -कलकारको रुपमा फिल्ममा डेब्यु गर्ने अवसर मीलेको थियो ।








१५ श्रावण २०८२, बिहीबार १६:१६ 








