काठमाडौं । चलचित्र ’परालको आगो’मा शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । गुरुप्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित रहेर यो चलचित्र बन्न लागेको हो।
यसअघि यो चलचित्रमा अभिनेता जितु नेपाल अनुबन्धित भएका थिए ।तर केहि कारणबस जितु फिल्म बाट बाहिरीए।सौगातको प्रवेशसँगै कलाकारको लाइनअप पुरा भएको छ । फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्धित भैसकेका छन् ।
फिल्म छायांकन भदौ २६ गतेदेखि म्याग्दीबाट सुरु हुने जनाइएको छ । छायांकन संकल्प भुजेलले गर्दैछन् । रामजी लामिछाने नृत्य निर्देशन, सुशील देवकोटाको लेखन र सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिङ, संकल्प भुजेलको छायांकन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजर छन् ।







१६ श्रावण २०८२, शुक्रबार १०:१३ 








