राजेश हमाललाई मानार्थ सदस्यताको परिचय–पत्र

...

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय–पत्र हस्तान्तरण गरेको छ । अभिनेता हमालद्वारा लामो समयदेखि नेपाली फिल्मको विकास तथा विस्तारका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुर्याइएको योगदान, स‌मर्पण तथा साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको स्रोतले बताएको छ।

मानार्थ सदस्यताको परिचय–पत्र हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्‌का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे उपस्थित थिए ।