पलको ‘मोहर’लाई ‘पीजी सर्टिफिकेट’

...

काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।

फिल्मको प्रचार प्रसारमा नायक पल शाह र गायक थानेश्वर गौतम उहिले उपत्यका बाहिर छन् । उनीहरू विभिन्न ठाउँमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्म ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।  फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ ।