काठमाडौँ। यती बेला जीतु नेपाल फिल्म कार्की साईला, र परालको आगो बाट बाहिरिएको कुराको बजारमा छुटै चर्चा छ । जीतुले निर्माता निर्देशकलाई स्क्रिप्ट माथि हस्तक्षेप गरेर फिल्मबाट बाहिरिएको कुरामा जीतु भन्छन्,‘म सत्य बोल्ने मान्छे हो नयाँ निर्माता , नयाँ नीर्देशकहरुको चलचित्रमा काम गर्दै गर्दा आफुलाई लागेको कुरा भन्छु सर सल्लाह दीन्छु लिन्छु पनि। मैले आफुलाई लागेको कुरा सुनाएर यसो नगरौँ भन्छु यही कुरालाई हस्तक्षेप भन्नुहुन्छ भने म के भनौँ ।’
उनी थप सुनाउँछन्, म नुहुने कुरालाई गरौँ भनेर हौस्याउँदिन । ‘जिरे खुर्सानी’ टेलीसीरीयलबाट चर्चामा आएका जीतुले छक्कापन्जा टिमबाट बाहिरिएपछि धमाधम बाहिरी फिल्महरू साईन गरीरहेका छन् ।
दीपक दीपासँगको टिमबाट मनमुटाबले बाहिरिएका उनी अहिले भने उक्त टिमसँग पुन मीलेका छन् । साथै उनले पछिल्लो समय कलकारहरूको बढ्दो पारिश्रमिकको विषयमा कटाक्ष गर्दै भनेका छन्, ‘अरू साथीहरूले के कति लीनुहुन्छ थाहा छैन, मलाई सरोकार पनि छैन तर म आफ्नो पारिश्रमिक कहिल्यै डिमान्ड गर्दिन । मैले धेरै पारिश्रमिक लिएर फिल्म सुपरहीट हुने होइन । यस कारण म निर्मातालाई मार पार्ने काम गर्दिन।’







२० श्रावण २०८२, मंगलवार १०:२७ 








