कता छिन् करिश्मा मानन्धरकी छोरी कविता ?

...

काठमाडौँ।  अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताको रुचि फिल्मभन्दा व्यवसायतर्फ बढी छ । उनी रेस्टुरेन्ट र होम अप्लायन्सेसको व्यापारमा व्यस्त छिन् । अमेरिकामा पढेर पछिल्लो समय नेपालमै सक्रिय कविताले आमालाई पछ्याउँदै कलकारितामा नलागेकी पनि होइनन् उनले फिल्म तथा म्युजिक भिडियोमा पनि काम गरीसकेकी छन् ।

‘एउटा यस्तो प्रेम कहानी’ मार्फत रजतपटमा डेब्यु गरेकी कविता त्यसयता कलकारितामा सक्रिय छैनन् । उनी कतै मिडियामा पनि देखिन्नन् । यता करिश्मा छोरीको विषयमा  भन्छिन्,  ‘जसलाई जेमा इच्छा लाग्छ त्यही गर्ने हो । कलकारितामा नलागेको पनि होइन । तर सोचेजस्तो भएन र छोरीले यही क्षेत्रमा लागीरहन मेहनत गर्न पनि चाहेन यसकारण उ बिजनेसमै रमाई रहेको छ ।’

kabita