काठमाडौँ। पैसा देखी तर्सिएका छन् केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ । पछिल्लो समय उनलाई ६१ लाखको ट्याग लागेको छ । उनी झन्डै -झन्डै विवादमा समेत मुछीएका थीए । अहिले त उनी कुनै पत्रकारले पैसाको कुरा जोडेर प्रश्न सोध्यो भने अरू कुरा गर्नुस् भनेर प्रश्न नै मोडीदीन्छन् । यती भनौँ उनी लिएको र दिएको पैसाको कुरा गर्ने चाहँदैनन् ।
बजारमा ६१ लाखको चर्चा भइरहँदा उनले लगभग ७५ हजार जति रकम त सहयोग नै गरीसकेका छन् । ५१ हजार क्यान्सर रोग पीडित कलकार सीता सुवेदीलाई र पशुपती महायज्ञमा २५ हजार रकम आर्थीक सहयोग गरीसकेका छन् ।
‘माग्ने बुढा’ अभिनीत ‘माग्ने राजा’ चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउदैछ । यो चलचित्रसँगै ‘माग्ने बुढा’को चर्चा पनि बढ्दो छ । सधैँ एउटै पात्रको भुमीकामा देखिने उनी यस फिल्ममा भने फरक भुमीकामा देखीदैछन् । यसकारण पनि उनका फयानहरुको लागी ‘माग्ने राजा’ नयाँ हुनसक्छ ।








२० श्रावण २०८२, मंगलवार १३:५४ 








