काठमाडौँ। चकलेटी नायकको छवि बनाएका अभिनेता आर्यन सिग्देलको आज जन्मदिन । सुर्खेतमा जन्मिएका उनी आजबाट उनी ४१ वर्षमा प्रवेश गरीसकेका छन् । जन्मदीनको अवसरमा आर्यनलाई थुप्रै चलचित्रकर्मी तथा शुभचिन्तकले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन्।
एसएलसी सकेर परिवारसहित काठमाडौँ आएका आर्यनको त्यो बेलाको लक्ष्य अभिनेता बन्ने थिएन। उनी अनपेक्षित रूपमा कलाकारितामा लागेका हुन् । साथीको उक्साहटमा अभिनयमा कदम चालेको बताउने आर्य न अन्ततः यही क्षेत्रमा रमाए र समय क्रममा स्थापित भए।
आर्यनले ‘किस्मत’बाट चलचित्रमा डेब्यु गरेका हुन्। उनको डेब्यू चलचित्र नै हिट भयो। त्यसपछि ‘मौसम’, ‘मेरो एउटा साथी छ’ चलचित्र हिट भए। चलचित्रमा आर्यनको माग ह्वात्तै बढ्यो। त्यसयता केही वर्ष उनले लगातार चलचित्रमा काम गरे। हालसम्म आर्यनले तीन दर्जन बढी चलचित्रमा काम अभिनय गरेका छन्। पछिल्ला केही वर्ष भने निष्क्रिय बनेका आर्यन यतीबेला भने पुन: पहिलाको जस्तै चलचित्रहरूमा व्यस्त छन् ।







२० श्रावण २०८२, मंगलवार १६:३३ 








