काठमाडौँ । चलचित्र ‘परिवर्तन’को छायाङ्कन सकिएको छ । ५६ दिन लगाएर मंगलबार चलचित्रको छायाङ्कन सकिएको हो ।‘परिवर्तन’को छायाङ्कन झापाका विभिन्न स्थानहरूका साथै विराटनगरमा गरिएको थियो ।
विजय केरुङको निर्देशन रहेको यस चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रका दुई गीतहरू बाहेक अन्य छायाङ्कन सकिएको हो । चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको छायाङ्कन हुन भने बाँकी रहेको फिल्म युनिटले बताएको छ।







२० श्रावण २०८२, मंगलवार १७:५३ 








