काठमाडौं । चलचित्र ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ । अञ्जना खतिवडा र रवि ओडको आवाजमा सजिएको यो गीत आज सार्वजनिक गरिएको हो। रातो पछ्यौरी छ रेशम भुवाको, तिम्रो माया मलाई कति सुहाको …लगायतका प्रेमिल शब्द समेटिएको गीत निकै सुमधुर बनेको छ।
राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन् । श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेलको पनि अभिनय छ ।
‘सिटामोल’ साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शन हुने तयारीमा छ।







२० श्रावण २०८२, मंगलवार १८:०७ 








