नरेश र रचनाको ‘पैसा फल्ने बुटो’ सार्वजनिक

...

काठमाडौँ। गायक नरेश खाती र गायिका रचना रिमालको आवाजमा सजिएको ‘पैसा फल्ने बुटो’ गीत सार्वजनिक भएको छ। केही समयअघि मेक्सम नरेश अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको यस गीतले राम्रै भ्युज र सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

यो गर्दा नि पैसा, त्यो गर्दा नि पैसा

पैसा भन्ने जिनिस कस्तो हुनी रहिछ ?

दशतिरको अभाव मलाई बिसतिरको तनाव

लौन मलाई पैसा फल्ने बुटो देखाइदेऊ 

पुरै रुख चाहिँदैन ठुटो देखाइदेऊ, लौन मलाई पैसा फल्ने बुटो देखाइदेऊ…जस्ता शब्द समेटिएको यस लोकभाकाले पैसाको महत्त्व,पैसाको अभाव र पैसाकै कारण सिर्जित हुने समस्याहरू दर्साएको छ।

गीतमा नरेशकै शब्द र संगीत रहेको छ। भिडियोमा गायक नरेशसहित उज्जवल गिरी, सञ्जना गुरुङ, र रचना न्यौपाने फिचर्ड छन् । यस गीत