दुर्घटनामा परे पशुपति शर्मा

...

काठमाडौँ। गायक पशुपति शर्मा दुर्घटनामा परेका छन् । साङ्गीतिक कार्यक्रमको सिलसिलामा स्याङ्जा जाँदै गर्दा उनी सवार कार दुर्घटनामा परेको छ ।

कार अनियन्त्रित भएर दुर्घटना हुँदा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको  खबर प्राप्त भएको छ ।

प्रहरीका अनुसार कारमा पशुपति शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको छ। कारमा सवार अन्य व्यक्तिहरू सकुसल रहेको बुझीएको छ ।