भिडियो ईडीटर बन्न चाहन्थे पल

...

काठमाडौँ। पल शाहले नायक बन्छु भनेर सोचेकै थिएनन्। वास्तवमा उनी  भिडियो ईडीटर बन्न चाहन्थे । पल  एसएलसी दिएपछि काठमाडौँ आए र एक टेलिभिजनमा ईडीटरको रूपमा काम गर्न थाले । टेलिभिजनमा काम गर्दै गर्दा उनलाई म्युजीक भिडियोमा अफर आयो र कलकारितातर्फ मोडिए । सुरुवाती सघर्षका दीनहरूमा उनीसँग कोठा भाडा तिर्ने पैसा पनि हुन्थेन । भाडा नतिरेकै कारण घरभेटीले निकालेको ,खाजा खाने पैसा नभएर उदारो खाजा खाएको किस्सा उनी आफ्ना अन्तर्वार्ताहरूमा सुनाउने गर्छन् ।

दाङको रामपुरमा जन्मिएका पल एसएलसी पास गरेपछि सुन्दर भविष्यको खोजीमा सहर पसेका थिए । टिभीमा काम गदै म्युजीक भिडियोमा डेब्यु गरे । त्यसपछि ‘को होला त्यो मसँग आँखा जुधाउने’ बोलको गीतमा काम गर्ने अवसर पाए र यही गीतले नै उनको करियरले कोल्टे फेर्यो । म्युजीक भिडियो हुँदै फिल्ममा काम गर्ने अवसर पाए । आजसम्म ५ हजार भन्दा बढी म्युजीक भिडियोमा काम गरी सकेका छन् ।

paul

‘नाइँ न भन्नु ल’ ४ चलचित्रबाट उनले नेपाली रजतपटमा डेब्यु गरे । पछिल्लो समय उनी फिल्ममा भन्दा म्युजीक भिडियोमा निकै सफल छन् । मेला- महोत्सवमा पनि उनको निकै माग हुन्छ । हेलिकप्टर चढाएरै भएपनी आयोजकले उनलाई मेला महोत्सवमा पुर्याउछन् । उनको क्रेज अन्य कलकारको भन्दा फरक छ । अहीलेत उनी आफै चलचित्र निर्माणमा लागीसकेका छन् । उनले ‘यानीमाया’ चलचित्र बनाउदैछन् ।

paul