काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले भदौ ५ गते बाट आगामी प्रोजेक्ट ‘आचार्य’को छायांकन थाल्दैछन् । भारतको पश्चिम बंगालस्थित डुअर्सबाट छायांकन सुरु हुँदैछ । त्यहाँ २५ दिन खिचिने फिल्मको कूल छायांकन सेड्युल ६० दिनलाई तय छ । निखिलले नेपालसहित भारतमा फिल्म खिच्दैछन् ।
निर्देशक समेत रहेका निखिल स्वयम यसमा शीर्ष भूमिकामा देखिनेछन् । पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका अन्य कलाकार पनि छन् ।
फिल्ममा केही बलिउडसहित दक्षिण भारतीय कलाकार हुने चर्चा छ । फिल्मलाई विश्वब्यापी रिलिज गर्ने निखिलको योजना छ ।







२२ श्रावण २०८२, बिहीबार १३:५१ 








