‘माग्ने राजा’को ट्रेलर सार्वजनिक, गरिबबाट धनीसम्मको यात्रा

...

काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा मुख्य कलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढा)को गरिब देखी धनी हुँदा सम्मको यात्रालाई देखाइएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक ट्रेलर ओएसआर डिजिटल युट्युवमा सार्वजनिक भएको छ । जसमा सार्वजनिक भएको १ घण्टामै २० हजार भन्दा बढीपटक हेरिएको छ ।
सार्वजनिक ३ मिनेट ४० सेकेण्ड ट्रेलरमा गरिब मान्ने बुढा एक्कासी धनी भएका छन् । उनीसँग करोडौं सम्पत्ति छ । झुपडीमा बस्ने माग्ने बुढासँगै आज हेलिकप्टरमा हिड्नसक्ने हैसियद बनाएका छन् । ट्रेलरको अन्तिमतिर उनको घरमा डोजर चल्न खोजेको देखिन्छ । यसरी हेर्दा माग्ने राजाको कथामा रहस्य छ । दर्शकले कथामा रमाउन सक्ने देखिन्छ ।

चलचित्रमा माग्ने बुढासँगै बर्षा सिवाकोटी, शिशिल बाग्देल, विल्सन बिक्रम राई, शारदा गिरी काली आमा, मिस पवि लगायतको अभिनय रहेको छ । मुनाल घिमिरेको लगानी रहेको यो चलचित्रमा सामिप्यराज तिमल्सिनाको लेखन र ऋषि लामिछानेको निर्देशन रहेको छ ।