काठमाडौँ। भ्लगर सिसन बानियाँले म्याट्रिक्स फाइट नाइट विजेता रवीन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा सम्मान गरेकोमा असन्तुष्टि जनाएका छन्। बानियाँले च्याम्पियनलाई उचित सम्मान नगरेको र आर्थिक सहयोग नगरेको भन्दै आलोचना गरेका छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई सम्मान गरेका थिए । यसबारे बानियाँले सामाजिक सञ्जालमा गम्भीर असन्तुष्टि पोखेको छन् । उनले लेखेका छन्, ‘इमानदारीपूर्वक भन्दा, च्याम्पियनलाई कुनै सम्मान महसुस भएन । ५ मिनेटको भाषण हानेर, फोटो खिचाएर टाप । हामीलाई चिया बिस्कुट खान भनेर छोडियो ।’








२२ श्रावण २०८२, बिहीबार १७:१९ 








