क्यानडा उड्न लागेका खेम अस्पताल भर्ना

...

काठमाडौँ। क्यानडा उड्न लागेका गायक खेम सेन्चुरीको अचानक स्वास्थ्यमा  समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । बोर्डिङ पास लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जहाज कुरिरहेको बेला उनको स्वास्थ्यमा समस्या आएको थियो।

विमानस्थलमा प्रारम्भिक स्वास्थ्य जाँच गर्दा अस्पताल लैजान सिफारिस गरिएपछि एम्बुलेन्समा हालेर उनलाई विहिबार बेलुका सिनामंगलको केएमसी अस्पताल लगिएको थियो ।

अहिले सेन्चुरीलाई केएमसीमा भर्ना गरिएको छ । खेमलाई स्टोन देखिएको उनका नजिकका साथीहरुले जानकारी दिएका छन्।