४० कटेसी रमाउँला भन्ने मेनुका विवाहको तयारीमा

...

काठमाडौँ। ४० कटेसी रमाउँला… भन्ने गीतमा अभिनय गरेकी मेनुका प्रधान ४० कटेरै विवाह गर्ने तयारीमा । उमेरले ३७ वर्ष पुगीसकेकी उनी अविवाहित छिन् । प्रेम सम्बन्धका विषयमा पनि उनी खुल्न चाहान्नन् आफु सीगंल लाइफमै रमाईरहेको बताउँछिन् । अब भने आफु विवाहको लागी तयार भएको उनले सुनाएकी छन् ।

नेपाली सीने नगरीमा उनी निकै सरल नायिकाको रूपमा चिनिन्छिन् । ७ कक्षामा पढ्दै गर्दा नै उनले कलकारितामा प्रवेश गरेकी थिइन् । कलिलै उमेरमा उनले टेलिभिजनमा प्रसारण हुने सिरिजमा काम गर्ने अवसर पाएकी थिइन् । उनी मुख्यतया थिएटर कलकार हुन् । १५ वर्ष अघि उनी थिएटरमा प्रवेश गरेकी थिइन् । ‘एक दीन एक रात’ फिल्मबाट चलचित्रमा डेब्यु गरेकी मेनुकाले दर्जनौँ चलचित्रमा काम गरेकी छन् ।

menuka-pradhan-

नवलपरासीमा जन्मिएकी मेनुका फेसन डिजाइनर बन्ने उद्देश्यले काठमाडौँ छिरेकी थिइन् । तर उनको यात्रा कलकारितातर्फ मोडियो । मेनुका प्रधान नेपाली फिल्म उद्योगकी ‘मौन’ पात्र हुन् भन्दा फरक पर्दैन। उनको नाम चर्चामा हुँदैन, न अरू कलाकारजस्तो हल्ला नै गरिरहेकी हुन्छिन् उनी। तर, मेनुका काम भने निरन्तर गरिरहेकी हुन्छिन्।  मेनुकालाई चर्चामा भने एक गीतले ल्यायो। २०७१ सालमा गायक हेमन्त रानाले गाएको ‘सुन साइँली’बोलको गीतको भिडिओमा अभिनय गरेपछि मेनुका धेरै दर्शकको आँखामा बसिन्। भिडियोमा ‘साइँली’को भूमिकामा देखिएकी मेनुकालाई धेरैले साइँली नै भनेर चिने। अहिले पनि उनलाई कतिपयले साइँली भनेरै चिन्छन्।

saili -