काठमाडौं । गायक प्रमोद खरेल आफ्नो ब्याण्ड ‘परम्परा’ लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन् । उनी अस्ट्रेलियाका बिभिन्न शहरमा आगामी २२ अगस्ट देखी १४ सेप्टेम्बर सम्म हुने साँगितीक कार्यक्रमका लागी निस्किन लागेका हुन् ।
प्रमोदका अनुसार अस्ट्रेलियाका पाँचवटा सहर सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा सांगीतिक कार्यक्रम हुनेछ । मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रममा आफ्नो ब्याण्डका अन्य ६ सदस्य सहित अस्ट्रेलिया पुग्नेछन् । उनीसँगै ब्याण्डमा लिड गिटारिस्ट देवासिस तामाङ, बेस गिटारिस्ट कुशल थापासँगै फ्ल्युटमा सञ्जीव मैनाली, ड्रमममा भुपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल रहने छन् ।

अर्को साताको अस्ट्रेलिया टुरका लागी अहिले तयारी गरिरहेका छौं । अस्ट्रेलियाका बिभिन्न शहरका दर्शकहरुलाई मनोरन्जनका लागी तयारी रहन आगह्र गछौं, प्रमोदले भने । ब्याण्ड सहितको यो पहिलो साँगितीक टुर भएकाले पनि हामी उत्साहित छों । ‘परम्परा’ले यो मंगलबार नयाँ गीत ‘के मा बस्यो दिल’ सार्वजनिक गर्दैछ ।
परम्परा ब्याण्डले आगामी बर्षको जुन र जुलाइमा अमेरिकाको टुरमा निस्किने तयारी गर्दैछ ।







२३ श्रावण २०८२, शुक्रबार १४:३७ 








