‘जारी २’को टिजर सार्वजनिक, ऋचा शर्माको सरप्राइज भूमिका

...

काठमाडौं । फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तु बारे प्रकाश पारेका छन् । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ को नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ र यो असोज ३ गते विश्वभर रिलिज हुनेछ।

टिजरमा दयाहाङ र मिरुनाका नोकझोंकका कथा छन् । लिम्बुनीहरू कडा’ भन्दै टिजरको अन्त्यमा ऋचा शर्मालाई सरप्राइज केमियोको भूमिकामा देखाइएको छ ।  समग्रमा यो टिजरले दोस्रो श्रृंखलाबारे धेरै कुरा देखाउँछ । दर्शकलाई कौतुहल तुल्याउने गरि टिजर निर्माण गरिएको छ ।

सन् २०२३ मा रिलिज भएको ‘जारी’ले १७ करोडभन्दा धेरै कमाइ गरेको थियो । निर्माताले सोही फिल्मको दोस्रो श्रृंखला दर्शकमाझ ल्याउन लागेका हुन् ।दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका रहेको यो फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो । रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ यो फिल्मका निर्माता हुन् ।