प्रमोद खरेलले आज ब्याण्ड स्पेशल गीत ल्याउँदै

...

काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेलले आज (मंगलबार) साँझ ५ बजे आफ्नै युट्युव च्यानलबाट नयाँ गीत सार्वजनिक गर्दैछन् । प्रमोदले आर्टिष्ट खबरलाई जानकारी दिए अनुसार आज सार्वजनिक हुने केमा बस्यो दिल बोलको गीत अहिलेसम्मकै फरक छ । बिशेषगरी पछिल्लो समय प्रमोद खरेल आफ्नो परम्परा ब्याण्ड मार्फत देश तथा बिदेशका टुर गरिरहेका छन् । ब्याण्डलाई लक्षित गर्दै अहिलेको गीत सार्वजनिक गर्ने तयारीमा छन् ।

प्रमोदले बताएअनुसार आज सार्वजनिक हुने तयारीमा रहेको गीत कन्सर्टमा उपस्थित दर्शक केन्द्रित छ । साथै प्रमोद एण्ड परम्परा ब्याण्डले यहि २२ अगस्टदेखि १४ सेप्टेम्बरसम्म अस्ट्रेलियाका विभिन्न पाँच सहरमा आयोजना कन्सर्ट गर्दैछ ।