काठमाडौँ। रेखा थापा र पूजा शर्माले अब ‘छत्तिसको आँकडा’ फिल्ममा सहकार्य गर्ने भएका छन्। रेखा थापा र पूजा शर्मा ‘उपहार’पछि एकपटक फेरि फिल्ममा देखिने तयारीमा छन् । यो चलचित्रलाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।
यही शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा फिल्मको शुभ–मुहूर्त गरेर छायांकन सुरू गरिने स्रोतले बताएको छ । निर्देशक श्रेष्ठको कम्पनी काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा रेखा र पूजासँगै अभिनेता महेश त्रिपाठीको पनि अभिनय रहनेछ ।







२७ श्रावण २०८२, मंगलवार १७:१९ 








