काठमाडौँ। विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले छिट्टै विवाह गर्ने भएका छन् । हाल ५ सन्तानका पिता रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिग्वेजलले इन्स्टाग्राममार्फत एस आई डुु भन्दै यो कुराको जानकारी गराएकी छन् ।
जर्जिना रोड्रिगेजलाई विवाह प्रस्ताव गर्दै रोनाल्डोले हिराको औँठी उपहार दिएका छन् । यो औँठीको मूल्य १६ करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । उनीहरूले २०१६ मा डेटिङ सुरु गरेका थिए । रोनाल्डो–जर्जिनासँग ४ सन्तान छन् ।
सन् २०१७ मा सरोगेसी मार्फत सन्तान (इभा मारिया र माटेओ) को जन्म भएको थियो, अर्का सन्तान अलानाको पनि २०१७ मा जन्म भएको थियो। बेला नामक छोरी २०२२ मा जन्मिएकी थिइन् ।







२८ श्रावण २०८२, बुधबार १०:०७ 








