काठमाडौँ। गायिका रचना रिमालको आज जन्मदिन । आजबाट उनी २३ वर्षमा प्रवेश गरेकी छन्। रचना रिमाल एक उदाहरणीय कलकार हुन् । पूर्वको झापामा जन्मिएकी उनी अहिले आफ्नो गायकीबाट धेरै दर्शकको मन मस्तिष्कमा बस्न सफल भई सकेकी छन् । नेपाल आइडल सिजन–३ बाट आफ्नो गायन यात्रा सुरु गरेकी उनले अहिले सम्म करिब सयौँ गीतहरू गाइसकेकी छिन भने धेरै गीतहरू हिट छन् ।
पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको हातमा नाम र दामका दुबै छन् । कलकारितामा लागेरै उनले आफ्नै कमाइमा बाबुआमाको लागी पक्की घर बनाइन् ।
उनले पढाई र कलकारिता सँगै लगिरहेकी छन् । चटपटेवाली रचनाको नमले भाइरल भएकी उनी नेपाल आइडल हुँदै सानै उमेरमा आज एक सफल र उदाहरणीय कलकार बनीसकेकी छन् । अब उनको काठमाडौँमा घर बनाउने सपना छ ।







२८ श्रावण २०८२, बुधबार १६:११ 








